आईसिसी विश्वकप लिग-२

लगातार तेस्रो हार खेपेको नेपाल आज ओमानको सामना गर्दै, उल्ट्याउँदा त नतिजा ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत ओमानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुने भएको हो ।

नेपालले यसअघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । सन् २०२७ को विश्वकपको छनोट आधारको रूपमा रहेको लिग २ मा नेपालले पुनरागमन गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने स्थिति बनेको छ ।

नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा १ जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ । ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *