मुखमा कालो टेप लगाएर प्रसाईं समर्थकहरूको आन्दोलन (तस्बिरहरू)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनीहरूले मंगलबार मुखमा कालो टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

चरित्रहत्या आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको थियो । उनका  समर्थकहरूले बोल्ने अधिकार हनन भएको भन्दै मंगलबार प्रर्दशनमा उत्रिएका हुन् ।

दुर्गा प्रसाईँले पक्राउ पर्नु अघि प्रहरीहरूलाई हेर्दै ‘एक थोपा रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेका थिए । उनका समर्थकहरूले उही भनाइलाई प्लेकार्डमा उतार्दै प्रदर्शन गरेका छन् ।

उनलाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका छन् ।

प्रसाईं विरुद्ध उजुरी परेपछि साइबर अपराधको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *