प्रेस विज्ञप्ति

कुमारी बैंकको गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैङ्कले काठमाडौँको उत्तर पूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका सँगको समन्वयमा नगरका महिला उद्यमीहरूलाई प्रशिक्षण सम्पन्न गरेको छ ।

कुमारी बैङ्कले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको बैङ्कले जनाएको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *