अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । कैलाली, गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्स पसल संचालन गरी बस्ने बझाङ केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बर बहादुर गुरधामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका–६ भमरा राई टोल बस्ने ३३ वर्षीया बिमला अधिकारी फुयाललाई अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको बङ्गुरको खोर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका–१७ हरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब ५ सय मिलिग्राम, नगद ५ हजार ३० रुपैयाँ र मोबाइल १ थान सहित सोही महानगरपालिका–१९ आदर्श टोल बस्ने २४ वर्षीय समिर महत्तोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–२ छप्कैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका–२ बस्ने ४७ वर्षीय सुरेश पहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट छप्कैयाबाट खटिएको प्रहरीले ना.१ ह ५३२९ नम्बरको ई–रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ई–रिक्सा चालक पहरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *