ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने

ललितपुर । ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने भएको छ ।

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लव अफ पाटन हेरिटेजले मंगलवार पत्रकार सम्मेलन गरी यही असोज ११ देखि १३ गतेसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना गर्ने जानकारी गराएको हो ।

ज्वेलरी व्यवसायको प्रवद्र्धनका लागि सो एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।  सो एक्स्पोमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो विक्रीवितरण हुने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘यही असोज ११, १२ र १३ गते हुने जेम एण्ड ज्वलरी एक्स्पोमा पाटन दरबार स्क्वाएर भण्डारखालमा हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भएको उहाँहरुलाई जानकारी गराउँदै यहाँहरुलाई यसमा अवलोकनका लागि आउन अनुरोध गर्दछु । साथसाथै यो आयोजना गरेको भनेको यहाँ यो मन्दीको टाईममा जुन एक्स्पो गर्दैंछौं । यसले व्यापार व्यवसायमा केही प्रमोट होला कि भन्ने आशा गरेका छौं । यसमा लगभग ५० हजार भन्दा बढी मान्छेहरु आउँछन् भन्ने हाम्रो अपेक्षा छ । र कारोबार पनि राम्रै होला भन्ने आशा छ ।’

एक्स्पोमा सांस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रर्वद्धनात्मक लगायतका गरी २५ वटा स्टल रहनेछन । स्थानीय कालिगढ, रत्न तथा आभुषण उद्यमी तथा व्यापारिक क्षेत्र सो एक्स्पोबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने अध्यक्ष महर्जनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *