सहकारी प्रकरणबारे लामिछानेले भने – जे हो त्यही बुझौं,गलत नबुझौं,नबुझाऔँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणका विषयमा गलत नबुझ्न आग्रह गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘सहकारी संस्थाको रकम अपचलन प्रकरणमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनका विषयमा जे हो त्यही बुझौं,गलत नबुझौं,नबुझाऔ ।’

समितिको प्रतिवेदनले आफुलाई सहकारी ठगीमा दोषी नदेखाएको बताएका छन् । उनले सहकरी प्रकरणको विषयलाई राजनीतिक मुद्धा नबनाउन समेत आग्रह  गरे ।

यसअघि आइतबार सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी  छविलाल जोशीलाई पक्राउ गरेको थियो ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले गत आइतबार नै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै जोशी पक्राउ परेका हुन् । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *