छलछामबाट लडाउन नखोज्नुस् : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलछामबाट आफुलाई नलडाउन आग्रह गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदै सो कुरा बताएका हुन् ।

सरकारले आफुलाई छलछामबाट लडाउन खोजिरहेको बताउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने,‘त्यसो नगर्नुस् । प्रमाण ल्याउनुस् । छानविनमा सघाउन तयार छुँ ।’

सम्पूर्ण निकायले आफुलाई सहकारी ठगीमा दोषी नदेखाएको उनले बताए । उनले एउटै व्यक्तिलाई लामो समयसम्म केन्द्रित नगर्न पनि आग्रह गरे । उनले गोर्खा मिडियामा रहँदा भएको प्रक्रियाको जिम्मेवारी लिन तयार रहेको समेत  बताए । षड्यन्त्र गरेर, झुक्काएर,छक्काएर आफुलाई फसाउन खोजिए सह्य नहुने उनले बताए ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने सहित अध्यक्ष जिवी राई,सञ्चालक छविलाल जोशी,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले गत आइतबार नै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक  जोशी पक्राउ परेका थिए । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *