सहकारी ठगीमा संलग्नता छैन सर,‘प्लिज एक्सेप्ट दिस’ : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । मंगलवार साँझ साामाजिक सञ्जाल फेसबुक लाइभमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सम्पूर्ण निकायले आफुलाई सहकारी ठगीमा दोषी नदेखाएको उनले बताए । सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा गठित संसदीय विशेष छानविन समितिले समेत आफुलाई सहकारी ठगीमा दोषी नदेखाएको उनले बताए ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने,‘सहकारी ठगीमा संलग्नता छैन सर प्लिज एक्सेप्ट दिस । छैन,यो मैले भनेको होइन,मैले पनि भनेको हुँ,संसदीय विशेष छानविन समितिको प्रतिवेदनले भनेको हो ।’

उनले कसैको राजनीतिक भविष्य जोगाउनका लागि आफु र पार्टीलाई बलिबेदीमा हाल्ने सपना नदेख्न समेत आग्रह गरे । उनले निष्पक्ष छानविनका लागि सधैं सघाउन तयार रहेको भन्दै स्वतन्त्र न्यायालयप्रति विश्वस्त रहेको समेत बताए । संखयामा कमजोर भएपनि इमान्दारितामा कमजोर नरहेको लामिछानेले बताए ।

दुई पटक गृहमन्त्री भइसकेको बताउँदै सभापति लामिछानेले कहिल्यै पनि कानूनी राज्यको उपहास नगर्ने बताए । षड्यन्त्र गरेर, झुक्काएर,छक्काएर आफुलाई फसाउन खोजिए सह्य नहुने उनले बताए ।

सहकारी प्रकरणको विषयलाई राजनीतिक मुद्धा नबनाउन समेत आग्रह गरे । सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा भएको कारोबारको जिम्मेवारी लिन तयार रहेको समेत बताए ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई,तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने,पूर्व सञ्चालक छविलाल जोशी,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

समितिले कारबाहीका लागि सिफारिस गरेसंगै आइतबार सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।

समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *