नेपाल र ओमानबीचको खेल रद्द, बाडेँ १-१ अंक

काठमाडौं । लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ ।

खेल मंगलवार नेपाली समय अनुसार मंगलवार राति पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो । तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन ।

निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल रद्द भएपछि १ अंक पाएको छ । ओमानले पनि १ पायो । लिग टुको अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *