प्रचण्डको सचिवालयलाई रवीन्द्रको जवाफ- संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्

काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयको आपत्तिमाथि प्रतिक्रिया दिएका छन् । बुधबार प्रचण्डको सचिवालयले आपत्ति जनाए लगत्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको प्रतिक्रिया दिएका हुन् ।

यसअघि प्रचण्डको सचियालयले रविन्द्र मिश्रको टिप्पणीलाई ‘मनगढन्ते’ भनेको थियो । जसमा मिश्रले थप टिप्पणी गर्दै प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत संविधान नलेखिनेमा आफू प्रष्ट रहेको बताए । ‘उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । काँग्रेस-एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै प्रचण्ड पथगामी हुन् । नेपालको संविधान २०७२ वास्तवमा प्रचण्डको संविधान २०७२ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।’

उनले प्रमुख दलहरूलाई पनि प्रचण्डको योगदानलाई सम्मान गर्दै पार्टी कार्यालयहरूमा प्रचण्डको फोटो झुण्ड्याउन सुझाव दिएका छन् । ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन । र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *