ब्रेन ट्युमर पीडित वडाध्यक्षको उपचारका क्रममा निधन

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ । ब्रेन ट्युमरका कारण भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो ।

६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *