रविले भने- म कान्तिपुरसँग कुरा गर्न आउँछु, आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुरको समाचारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बुधबार प्रकाशित समाचार आफूविरुद्ध षड्यन्त्रपूर्वक छापिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले भनेका छन्, ‘कान्तिपुरले बयानलाई तोडमरोड गरेर प्रकाशित गरेको छ, जसको मक्सद मलाई बदनाम गर्नु हो । संसदीय समितिमा छविलाल जोशीका बयान ताजै छ । गलत लेख्ने, माफी माग्ने, फेरि अफवाह लेख्ने ? यो सामान्य प्रचलन बनिसकेको छ ।’

उनले कान्तिपुरले आफ्नो सबै शक्ति र स्रोतहरू आफ्नो विरुद्ध प्रयोग गरेको दाबी गर्दै घिनलाग्दो मिडिया ट्रायल गरेको बताएका छन् । कान्तिपुरसँग प्रत्यक्ष रूपमा बहस गर्न तयार रहेको जनाउँदै लामिछानेले सार्वजनिक स्थानमा खुला बहसको व्यवस्था गर्न चुनौती दिए ।

सभापति लामिछानेले सरकारलाई तुरुन्तै कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्न र कान्तिपुरलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *