प्रेस विज्ञप्ति

सिटी वालेटद्वारा आकर्षक क्यासब्याक घोषणा, प्रति रेमिट भुक्तानीमा ७०० सम्मको क्यासब्याक

काठमाडौँ । सिटी वालेट प्रा.लि. ले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।

नेपालको सबै भन्दा कान्छो वालेट कम्पनीको रूपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा CITYPAY प्रोमो कोड प्रयोग गरी रु २०० रुपैंया रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्सभूक्तानीमा पहिलो १८ जना ग्राहकहरूलाई रु ५०० बराबरको बोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै दसैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘यी आकर्षक अफरहरू चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो । दसैँ, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौँ । हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुसी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।’ सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत प्रकाश चालिसेले भने ।

कम्पनीले यस अफरको फाइदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गई , आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भुक्तानी प्रक्रिया पुरा गर्न सकिने जानकारी दिएको छ । सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भुक्तानी गर्न सकिन्छ । यो योजना सिमीत अवधिका लागी रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *