पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा सर्वोच्चको ‘अन्य आदेश’

काठमाडौं ।सर्वोच्च अदलातले नेपामा माओवादी केन्द्र नेता एवं पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा ‘अन्य आदेश’ गरेको छ । अदालतले भोली बिहीबार मात्र आदेश के आयो भन्ने सार्वजनिक गर्ने छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन सापकोटाको मुद्धामा निर्णय सुनाउने मिति पटक पटक सर्दै आएकामा संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

आफ्ना पतिको हत्यामा संलग्न माओवादी नेता सापकोटा विरुद्धको अनुसन्धान अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले ८ मंसिर, २०६९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *