सय बढी देशद्वारा मानवअधिकार मुद्दामा राजनीतिकरणको विरोध

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५७ औँ अधिवेशनमा सयभन्दा बढी देशले मानवअधिकारको राजनीतिकरणको विरोध गरेका छन् । चीनको अडानप्रति समर्थन गर्दै सय बढी देशहरुले मानवअधिकार मुद्दामा राजनीतिकरणको विरोध गरेका हुन् ।

दोहोरो मापदण्ड र मानवअधिकारको प्रयोगलाई अन्य राष्ट्रहरूको घरेलु मामिलामा हस्तक्षेपको बहानाको रूपमा अस्वीकार गर्दै, क्युबाले प्रतिनिधित्व गर्ने देशहरूको समूहले संयुक्त राष्ट्र संघमा उल्लेखित विश्वव्यापीता, निष्पक्षता, वस्तुनिष्ठता र गैर–चयनवादका सिद्धान्तहरूको पालना गर्न आह्वान गरेको छ ।

जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्वीट्जरल्याण्डस्थित अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले संवाद र सहयोगको माध्यमबाट मानव अधिकारको प्रवद्र्धन र संरक्षणसम्बन्धी मित्र समूहको तर्फबाट संयुक्त वक्तव्य दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *