नदी किनारमा ४० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नदी किनारा आसपास ४० मिटर छाडेर मात्र संरचना निर्माण गर्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतले नदीको मापदण्ड पुरानोमा २० मिटर बढाएर कायम गरेपछि खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको हो ।

उपत्यकाका स्थानीयले मापदण्डका नाममा जनताको उठीबास गर्न पाइँदैन, जनतालाई घरबारविहीन बनाउन पाइँदैन, सार्वजनिक जग्गा र खोला अतिक्रमणकारीलाई कारबाही गर लगायत नारासहितका ब्यानर बोकेका थिए ।

सर्वोच्चले निजी सम्पत्तिमाथि अपरिपक्व फैसला गरेको भन्दै चर्को विरोध भइरहेको छ । सरकारले यस विषयमा अदालतमा पुनरावेदन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *