इन्स्पेक्टर बिनुकुमारीको जिम्मेवारी खोसियो
मकालु खबर
२०८१ असोज १० गते
काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।
बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उनको जिम्मेवारी खोसिएको हो ।
इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।
यो प्रकरणमा छानबिन गर्न डिएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।
मकालु खबर
२०८१ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित