धरौटीमा छुटे रास्वपाका पूर्व सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

लागु औषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।

कास्की जिल्ला अदालतले बुधवार उनलाई छाड्न आदेश दिएको थियो ।

श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो ।

श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *