आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका : मंसिर २ गते उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनानेयन दर्ता गर्न सकिने प्रवक्ता सापकोटाले बताए ।

उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही दिनको दिउँसो ३ बजे देखी  मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ भने मतदान सुरु  हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *