पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको प्रगति विवरण झिकाउन आदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।

सर्वोच्च अदलातले काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ।संवैधानिक इजलासले बिहीवार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेश गर्न आदेश गरेको हो ।

सर्वोच्च अदालतले बुधवार सापकोटाको मुद्धामा ‘अन्य आदेश’ गरेको थियो ।

आफ्ना पतिको हत्यामा संलग्न माओवादी नेता सापकोटा विरुद्धको अनुसन्धान अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णमाया लामाले २०६९ मंसिर ८ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *