छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईसधारा गेट नजिक सडकमा बाग्मती प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकल र बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बा.५४ प ५३८७ नम्बरको मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ तिनपिप्ले आठमाईल बस्ने ४४ वर्षीय केदार ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बालाजुस्थित सिल्भर लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
बा.५४ प ५३८७ नम्बरको मोटरसाइकलमा सवार १ जना तथा प्रदेश ०२–०५१ प ५५१६ नम्बरको मोटरसाइकलका चालक र सोही मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोकस्थित सडकमा म.प्र.०३–००२ ख ०८३१ नम्बरको ट्रकले लु.८४ प ३३४५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तिनाउ गाउँपालिका–२ दोभान बस्ने ६५ वर्षीय हरी प्रसाद पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्तिसोनारी गाउँपालिका–४ धामपुर बर्का टोलमा भे.७ प ४३४० नम्बरको मोटरसाइकल र भे.१२ प ८४२० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा भे.७ प ४३४० नम्बरको मोटरसाइकल चालक नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने ४७ वर्षीय लोक बहादुर बङसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.१२ प ८४२० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *