२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती महिलालाई लमही नगरपालिका–७ बन्गैस्थित करी सामुदायिक वनमा बुधवार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *