प्रेस विज्ञप्ति

एनएमबि बैंकद्वारा ‘NMB NextGen Banking Leaders Scholarship’ को घोषणा

काठमाडौँ । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘NMB NextGen Banking Leaders Scholarship’ को घोषणा गरेको छ ।

बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीहरूमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास लिएको एनएमबि बैंकले जनाएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकीङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको बैंकले जनाएको छ ।

विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *