कोशी ब्यारेजमा बस खस्यो, २० यात्रु घाइते

काठमाडौं । कोशी ब्यारेजमा बस दुर्घटना भएको छ ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाबाट खसेको हो ।

बसमा २० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै जना सामान्य घाइते भएका छन् ।

घाइते यात्रुको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *