सर्वोच्चले दियो १५९ जनालाई बरिष्ठ अधिवक्ताको उपाधि (सुचिसहित)
काठमाडौं । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै १५९ जना अधिवक्तालाई बरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
सर्वोच्च फुलकोर्टको बैठकले १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकबाट एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा.दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा.भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा,ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्का लगायत रहेका छन् ।