रास्वपाले डाक्यो पत्रकार, के छ एजेडा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन आयोजना गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ । उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो ।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *