वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा बिहीबार आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए । स्वागत समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

थप :-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री
महासभामा प्रधानमन्त्रीको सम्बोधन- पीडितलाई न्याय दिलाएरै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउँछौं
सन् २०४३ सम्ममा हाम्रो विकसित देश बन्ने चाहना छ : प्रधानमन्त्री ओली

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *