काभ्रेमा पहिरो, बीपी राजमार्ग अवरुद्ध
मकालु खबर
२०८१ असोज ११ गते
काठमाडौं । अविरल वर्षापछि माथिबाट खसेको पहिरोले काभ्रेमा बीपी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान सबा ९ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ८ चारसयवेँसी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पहिरोले सडक एकतर्फी नै अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उक्त स्थानमा सवारी आवागमनमा समस्या भएकाे छ ।
उक्त स्थानमा प्रहरी टोली खटिएको र सडक विभागसँग समन्वय गरि पहिरो हटाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
मकालु खबर
२०८१ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित