सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधिसमा दुई जनालाई सिफारिस गरिएको छ । शुक्रवार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

अब संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्च अदालतको न्यायाधिस बन्नेछन् । सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *