न्याय परिषद्ले गर्‍यो उच्च अदालतका १४ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ ।

शुक्रबार बसेको न्याय परिषद् सचिवालयको बैठकले १४ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ ।

त्यसैगरी उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ ।

त्यसैगरी ओखलढुङ्गा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *