सहकारी ठगेर फरार भएका मेयर दिल्ली विमानस्थलबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ परेका छन् ।

इमेज सहकारी ठगी मुद्दामा फरार रहेका मेयर नेपाली दिल्लीबाट पक्राउ परेका हुन् । इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । नेपालीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको महानिरीक्षक राईले बताए ।

मेयर नेपालीले एक हजार ४८१ बचतकर्ताको करोडौँ रकम ठगेका थिए ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै ठगी मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दापछि मेयर नेपाली फरार भएका थिए । मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *