नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी सञ्चालनमा रोक

चितवन । आज (शुक्रवार) राति नारायणगढ-मुग्लिन सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारीसाधन चलाउन नदिने निर्णय गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रवार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन दिइने छैन । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *