प्रेस विज्ञप्ति

सिद्धार्थ बैंकको ‘दशैंको खुसीयाली, डबल यसपालि’ अफर सार्वजनिक

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरूको महान चाड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ ।

यस ‘Dashain 2X Rewards Offer’ अन्तर्गत, बैंकका ग्राहकहरूले यही मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (POS तथा E-commerce) र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यसरी आर्जन गरेको पोइन्टसलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको जनाएको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथैबैंकले आफ्नोडिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने बैंकले जनाएको छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।

यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयर’ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *