उखु र दूध किसानका लागि सरकारले गर्‍यो २ अर्ब निकासा

काठमाडौं । सरकारले उखु  तथा दूध किसानको बक्यौता तिर्न झण्डै २ अर्ब रुपैयाँ निकासा गरेको छ । दूध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो ।

८ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो ।

मन्त्रालयको भदौ २६ गतेको निर्णयलाई महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयले स्वीकृत गरेको हो । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो । मन्त्रिपरिषद् भदौ २० गते दुग्ध विकास संस्थान ९डीडीसी०लाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो ।

रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् । बक्यौता रकम पाउने भएपछि किसानहरु हर्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *