निरन्तरको वर्षा : उपत्यकाका नदीले पार गर्‍यो खतराको तह,सतर्क रहन आग्रह

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढेको छ। मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दामाथि पुगेको छ ।

खतराको तह ४ मिटर रहे पनि बाढी बढेर ५ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले भोलि (शनिवार) दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बागमति सहित उपत्यकाका मनोहरा, विष्णुमती लगायतका नदीमा बाढी खतराको तहमा पुगेको छ । नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *