अविरल वर्षासँगै पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

मनाङ । मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए । “मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ”, उनले भने ।

निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ”, उनले भने, “अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *