भोलिसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

काठमाडौं । अविरल वर्षाका कारण मौसममा आएको खराबीले भोली (शनिबार)बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको बताएको छ ।

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *