वनस्थलीमा ढलमा खस्यो मोटरसाइकल,चालक खोज्दै प्रहरी

काठडमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै एउटा मोटरसाइकल ढलमा खसेको छ ।

शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई ढलले बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार मोटरसाइकललाई उक्त ढलबाट निकालिएको छ भने चालक अझै बेपत्ता छन्। प्रहरीले चालकको खोजी गरिरेहको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी,पहिरो तथा सडक अवरुद्ध भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *