देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार

चितवन । नारायणी नदीको पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका-१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ ।

गएराति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *