पाख्रीवासमा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

काठमाडौं । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो ।

घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तोषको परिवारले नयाँ घर बनाएका थिए । उनीहरु त्यहाँ बस्न थालेका थिएनन् । राती घरमाथिबाट पहिरो झर्न थालेपछि सामान निकाल्न जाँदा घरसहित आमा-छोरीलाई नै पहिरोले पुरेर बेपत्ता बनाएको थियो ।

प्रहरी र स्थानीयवासीले जेसीवीको सहयोगमा पहिरो पन्छाउँदा आमा-छोरीको शव फेला परेको हो । उनीहरूसँगै सामान निकाल्न सघाउने क्रममा पहिरोमा परेर छिमेकी २४ वर्षीया मिनामाया तामाङ घाइते भएकी छन् । गर्भवती अवस्थामा रहेकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *