बल्खु खोलामा शव भेटियो, सनाखत गर्दै प्रहरी

काठमाडौं । बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार बेलुकी काठमाडौंको ढुंगेधाराबाट एक युवक मोटरसाइकलसहित ढलमा खसेका थिए ।

मोटरसाइकल फेला परे पनि मान्छे फेला नपरेपछि खोजीकार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *