चोभारमा उर्लेको बागमती (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकामा लगातार वर्षापछि बागमती नदीमा बाढी आएको छ ।

शनिबार उपत्यकाबाट बागमती बाहिरिने चोभारमा बागमती उर्लिएको देखियो । काठमाडौंबाट बाहिरिने नदी, बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव उच्च भएको छ ।

बाढी उर्लिएपछि हेर्न मानिसहरू भेला भएका छन् । चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *