अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न

काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरू बेपत्ता भएका छन् । उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ । मनोहरा, घट्टेखोला लगायतका खोलाहरूका कारण सडक र बस्ती डुबानमा परेका छन् ।

उपत्यकामै केही स्थानमा पुल बगेको छ । मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ । काठमाडौं उपत्यकासहित देशभर नै अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *