घर पोत्ने रातो माटो लिन गएका आमाछोरी पाँच दिनदेखि बेपत्ता

पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् ।

स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरु घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए ।

अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो । पाँचदिनदेखि बेपत्ता उनीहरु हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताउनुभयो । प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *