म नेपाल आउँदै छु, विपद्मा हातेमालो गरेर उद्धारमा सहयोग गरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको समेत बताएका छन् ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *