शेखर कोइरालाको प्रश्न : विपद्को समयमा राज्य कहाँ छ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने विषयमा सरकार उदासिन देखिएको बताएका छन् ।

नेपाली कांग्रेस सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् ।

देशका प्राय सबै राजमार्ग बन्द भएको बताउँदै उनले भने,“राजधानी काठमाडौ उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट बिच्छेद छन् । बस्तीहरु डुबानमा छन् । नागरिकहरु चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?”

नेता कोइरालाले संघीय राजधानीमै बाढीले मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको बताए । सरकार भनेको केबल कुर्सी र पद मात्रै नभएको उल्लेख गर्दै कोइरालाले मन्त्री निवासकै छेउबाट नागरिक बगिरहँदा राज्यलाई नछोएन बताए ।

मौसम पुर्वानुमान महाशाखाले केही दिन देखी अघि नै भारी वर्षा हुने जानकारी गराएपनि सरकारले त्यसका लागि आवश्यक प्रवन्ध नगर्दा मानवीय क्षती भएको कोइरालाको भनाई छ । सरकारले विपद्को समयमा चरम लापरबाही गरेको उनले बताए ।

कोइरालाले विपद्को समयमा पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *