टुटेन नेपालको हारको क्रम : ट्वान्टी-२० सिरिजमा पनि पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको हो । यस खेलमा क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपाली टिम १९ ओभरमा अल  आउट हुँदै १०९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो  । क्यानडाका लागि साद बिन जफरले सर्वाधिक २३, श्रेयस मोभ्भाले २२, प्रवीन कुमारले १९, दिलप्रित बाज्वा र अखिल कुमारले १४-१४ र नवनीत धलिवालले १३ रन बनाएका थिए । नेपाली बलर सन्दीप लामिछाने र सोमपाल कामीले ३-३, रजिन ढकाल र  दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल आज ओमानसँग खेल्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *