देशभरमा विद्यालय तीन दिन बन्द, परीक्षा स्थगित

काठमाडौं । लगातारको वर्षा र बाढीको कारणले मुलुकभरको शैक्षिक क्षेत्र ठप्प भएको छ । सरकारले आज (आइतबार)देखि तीन दिनसम्म विद्यालय तथा विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साथै विश्वविद्यालय तहका परीक्षा पनि स्थगित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आइतबारको परीक्षा स्थगित भए तापनि सोमबारदेखिका परीक्षा भने मौसमको अवस्था अनुसार सञ्चालन गर्न सकिने छ ।

विद्यार्थीहरूको सुविधा सुनिश्चित गर्न शनिबारको परीक्षामा उपस्थित हुन नसकेकालाई अर्को दिन मौका दिने निर्णय पनि गरिएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरू शैक्षिक क्यालेन्डरको दबाबमा परीक्षाहरू सञ्चालन गरिरहेका थिए, तर बाढी र डुबानको कारणले ती योजना प्रभावित भएका छन् ।

शुक्रबार साँझदेखि सुरु भएको अविरल वर्षा र बाढीले काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा जनजीवन प्रभावित बनाएको छ । विद्यालय तथा कलेजका भवनहरूमा पानी पसेको छ भने भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । शैक्षिक संस्थाहरूको बन्दले कक्षा १२ सम्मका विद्यार्थीहरूको त्रैमासिक परीक्षा समेत प्रभावित भएको छ ।

सरकारले विश्वविद्यालय तहका परीक्षा अन्तिम दिनको भोलिपल्ट सञ्चालन गर्ने निर्देशन दिएको छ । यो बाढी र डुबानको असर कम भएपछि पुनः पठनपाठनलाई नियमित गरिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *