झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ९ मृतको पहिचान खुल्यो

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिप शुक्रबार पहिरोमा पुरिएको थियो ।

उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्याङजाको गल्याङ नगरपालिका ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षीय दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन् । उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन ।

बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको मृत्यु भएको छ । नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *