विपद् कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय (भिडिओ)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको छ ।

कांग्रेसले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरुमा भएको क्षतिको यथार्थ मूल्यांकन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ ।

विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रुपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *